
सप्तरीमा । सप्तरीमा जंगली जनावरबाट धानबाली जोगाउँन थापेको विद्युतीय धरापमा परेर पतिपत्नीकै मृत्यु भएको छ।
गएराति करेन्ट लागेर कञ्चनरुप नगरपालिका-५ पिपराका ५० वर्षीय बद्रि सरदार र उनकी पत्नी ४५ वर्षीया विमलादेवी सरदारको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार शनिबार राति साढे ८ बजेतिर खेतको काम सकेर घर फर्कने क्रममा पतिपत्नी विद्युतीय धरापमा परेका हुन्।
‘जंगली जानवरबाट धानबाली जोगाउन स्थानीय महेन्द्र चौधरी र दुर्गानन्द्र चौधरीले थापेको करेन्ट प्रवाह भइरहेको बारमा उहाँहरू पर्नुभएको हो,’ डीएसपी बस्नेतले भने, ‘उहाँहरूको घटनास्थलमै मृत्यु भएको छ। शव पोस्टमार्टको लागि प्रादेशिक अस्पताल राजविराजमा राखिएको छ।’
घटना लगत्तै महेन्द्र र दुर्गानन्दलाई पक्राउ गरिएको उनले बताए।


















