काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विदेशमा रहेका नेपालीलाई सीआईएले कब्जा गरेर घण्टीमा भोट हाल्न लगाएको आरोप लगाएका छन्। अध्यक्ष केसीले पार्टीको पत्रकार सम्मेलनमा बोल्दै विदेशमा रहेका डाक्टर, इन्जिनियर, वकिल, न्यायाधीश, प्रोफेसर, विद्यार्थी सबैलाई सीआईएले कब्जा गरेको जिकिर गरे। उनले भने, ‘उनीहरूलाई घरका आफ्ना आमा, बाबु, अभिभावकलाई घण्टीमा है...
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। कांग्रेसले मंगलबार दिउँसो १ बजेका लागि पार्टी कार्यालय सानेपामा बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवहाक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरू बोलाइएको छ। गत शुक्रबारदेखि आइतबारसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले...
काठमाडौं । अर्थविद् केशव आचार्यको ७२ वर्षको उमेरमा निधन भएको छ। केही दिनयता अस्वस्थ रहेका उनको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको थियो। उनी नेपालको आर्थिक नीतिनिर्माणमा चासो राख्ने तथा समालोचनात्मक विश्लेषण राख्ने गर्थे। नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश भएपछि उनले नेपालको अर्थतन्त्रको सूक्ष्म विश्लेषण तथा अध्ययन अनुसन्धानमा सक्रिय रहेका...