
काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरप्रहरी टोलीले मनोहरामा रहेको सुकुम्बासी बस्तीमा डोजर चलाएको छ ।
काठमाडाैं र भक्तपुरकाे सीमाना पर्ने मनाेहरा खाेला किनारकाे सुकुम्बासी बस्तीमा बनेकाे नयाँ घरहरुमा महानगरले डाेजर चलाएर अवैध संरचनाहरु भत्काएकाे हाे ।
काठमाडौं महानगरपालिकाको नगर प्रहरीको टोली बिहान मनोहराको सुकुम्बासी बस्तीमा पुगेका थिए ।
बस्तीमा डोजर चलेपछि प्रहरीमाथि ढुंगा प्रहार भएको छ ।
बस्तीमा डाेजर चलेपछि काठमाडौं महानगरपालिकाको नगर प्रहरी र नेपाल प्रहरीकाे टोलीमाथि सुकुम्बासीहरुले ढुंगामुढा प्रहार गरेका हुन् । साथै उनीहरुले डाेजरमा पनि ढुंगामुढा गरेर तोफोड गरेका छन् ।
साेही क्रममा सुकुम्बासी र नगरप्रहरीबीच तनावग्रस्त माहाेल बनेकाे छ ।
आक्रोशित भिडले नगरप्रहरी र प्रहरीमाथि आक्रमण गरेको हो । झडप हुन सक्ने सम्भावना भएपछि नेपाल प्रहरीकाे टाेली पनि सँगै गएका थिए । गत साउन ८ गते गाेरखापत्रमा सूचनामा जारी गरेर व्यक्तिकाे जग्गामा बनेकाे संरचना हटाउन ७ दिनकाे समय दिएकाे थियाे । व्यक्तिकाे जग्गामा नयाँ संरचना बनेपछि महानगरले डाेजर चलाएकाे हाे ।


















