Skip

Hamro Sanchar

नारायणगढ–मुग्लिन सडकमा ट्रकमाथि ढुङ्गा खस्यो : चालकको अवस्था गम्भीर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, २९ गते


काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा माथिबाट खसेको ढुङ्गा गुडिरहेको ट्रकमा लाग्दा भारतीय ट्रकमा सवार तीन जना घाइते भएका छन्।

बिहीबार ९आज० दिउँसो करिब १ः३० बजे चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोला नजिक सडकमाथिबाट झरेको ढुंगा गुडिरहेको ट्रकमा लाग्दा तीन जना घाइते भएका हुन्।

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको केए–४३६८८५६ नम्बर प्लेटको भारतीय ट्रकमाथि ढुंगाले लाग्दा दुर्घटना भएको चितवन प्रहरीले जनाएको छ।

घाइते हुनेमा ट्रक चालक भारत, बैंगलोरका मेगु प्रसाद, उनका छोरा सयद अफिद र सोही ठाउँका नहमान धुनियाँ रहेका छन्। घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक ९डीएसपी० एवम् सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए।

उनका अनुसार घाइते तीनै जनाको भरतपुरस्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाग्रस्त ट्रकलाई सडकको छेउमा साइड लगाएर सवारी आवागमन सुचारु गरिएको छ। हाल सडक दुईतर्फी नै सञ्चालनमा रहेको डीएसपी खनालले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्