
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले अघिल्लो सरकारले गरेका राम्रा कामका कारण अहिले मुलुकको अर्थतन्त्रका सूचकहरुमा सकारात्मक संकेत देखिएको दाबी गरेका छन् ।
आज प्रतिनिधिसभा बैठकको बिशेष समयमा बोल्दै पुनले वर्तमान सरकारका कारण नभइ बिगतका सरकारले गरेका राम्रा कामको प्रभाव अहिले मुलुकको अर्थतन्त्रमा देखिएको र अर्थतन्त्रका सूचकहरु केही सकारात्मक भएको दाबी गरेका हुुन् ।
यद्दपी अहिले अर्थतन्त्रका वास्तविक क्षेत्रका सूचकहरुमा कुनै सुधार नरहेको उनले बताए । पुनले अहिले बैंकहरुमा खरर्वौ लगानी योग्य पैसाहरु थुप्रिएर रहेपनि लगानी गर्ने वातावरण बन्न नसकेको जिकिर गरे ।
त्यस्तै, उनले वर्तमान सरकारको एकपछि अर्को भ्रष्टाचार र बेथितिका श्रृंखलाको कारण जनतामा चरम निराशा छाएको आरोप लगाए ।
उपलव्धिहरु गुम्ने र लोकतन्त्र खतरामा पर्ने मुख्य कारण नबन्न उहाले प्रधानमन्त्रीलाई सुझाव दिए ।














