Skip

Hamro Sanchar

कोलकातामा मल रोकिंदा नेपालमा अभाव भयाे : कृषिमन्त्री अधिकारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, २९ गते


काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले डीएपी र पोटास मलको आपूर्तिको अवस्था राम्रो रहेपनि युरिया आपूर्तिको अवस्था केही कमजोर रहेको स्वीकार गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले युरिया आपूर्तिको अवस्था केही कमजोर हुनुमा विधि कारण रहेको बताए । पहिलो कारणमा मूल्य वृद्धि हुनु रहेको बताए ।

दोस्रो कारणमा उनले भने, ‘निरन्तरको वर्षाले कोलकाता पोर्टमा मल अनलोड गरी ब्यागिङ गरी रेलमा लोड गर्ने कार्य सुस्त रुपमा हुनु देखिएको छ ।’ उनका अनुसार अहिले पनि मल होल्ड भएर रहेको छ ।

उनले भनेका छन्, ‘अहिले पनि मल लोड भएको तीन वटा जहाज कोलकाता पोर्टमा होल्ड भएको छ । कोलकाता पोर्टको जाम नहटेकोले खरिद गरिएको ६० हजार टन युरिया समेत आउन सकेको छैन ।


प्रतिकृया दिनुहोस्