
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्री रमेश लेखकले न्यायालय प्रभावित पार्न भूमिका खेलेको आरोप लगाएको छ ।
बिहीबार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै सभामुखसँग समय लिएर बोल्दै रास्वपाकी सांसद डा।चन्दा कार्कीले भनिन, ‘मानव तस्करीको कुरा मात्र होइन, न्यायालयमा उहाँ ९गृहमन्त्री रमेश लेखक०को हस्तक्षेपको बारेमा पूर्वप्रधान न्यायाधीश सुशीला कार्की ज्युको स्पष्ट अभिव्यक्ति सार्वजनिक भइनै सकेको छ ।’
गत सोमबार रुपन्देही जिल्ला अदालतमा रवि लामिछानेको निवेदनमाथि पेसी चढेको दिन गृहमन्त्रीकै कार्यकक्षमा उजुरी तयार पारिएको कार्कीको आरोप छ ।
‘त्यसको प्रतिलिपि उहाँकै सचिवालयबाट सबैतिर पठाइएको सूचना र समाचारहरू छरपस्ट बाहिरिएका छन्’, सांसद कार्कीको भनाइ छ ।














