Skip

Hamro Sanchar

कांग्रेसले ल्याएको दूरसञ्चारसम्बन्धी नीतिले दूरदराजमा सूचना र प्रविधि पुग्न सफल भयाे :  देउवा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, २९ गते


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सूचना प्रविधिले जनतालाई छिटो छरितो र पारदर्शी सेवा दिन मद्दत पुर्‍याइरहेको बताएका छन् ।

पार्टीको सूचना सञ्चार तथा प्रचार विभागले बिहीबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव दिवसीय अन्तर्क्रिया’ कार्यक्रममा सभापति देउवाले सूचना प्रविधिले जनताको जीवन शैलीलाई बदल्न मद्दत पुर्‍याइरहेको बताए ।

देउवाले कांग्रेस नेतृत्वको सरकारले ल्याएको दूरसञ्चारसम्बन्धी नीतिले दूरदराजमा सूचना र प्रविधि पुग्न सफल भएको बताए ।

उनले नवपर्वतन र विभिन्न प्रविधिमार्फत सामाजिक रूपान्तरणको वकालत गर्दै आएको बताए । ‘कांग्रेस नेतृत्वको सरकारले ल्याएको दूरसञ्चारसम्बन्धी नीतिले दूरदराजमा सूचना र प्रविधि पुग्न सफल भएको छ,’ देउवाले भने, ‘ नवपर्वतन र विभिन्न प्रविधिमार्फत सामाजिक रूपान्तरणको वकालत गर्दै आएको छ ।’

देउवाले कांग्रेस पनि सहभागी वर्तमान सरकार डिजिट नेपाल बनाउन लागिरहेकोसमेत बताए । अहिलेको युग विज्ञान, प्रविधिको युग भएको बताउँदै देउवाले यसका सकारात्मक पक्ष धेरै भएको बताए । डिजिटल प्रविधिका सकारात्मक पक्ष धेरै हुँदाहुँदै पनि पछिल्लो समय नकारात्मक पक्ष पनि देखिएको बताए ।

त्यसका लागि सचेत भएर बढ्नु पर्ने र नकारात्मक पक्ष रोक्न सरोकारवाला पक्षले ध्यान दिन आवश्यक रहेको बताए । ‘डिजिटल प्रविधिका धेरै सकारात्मक पक्ष छन् तर पछिल्लो समय यसका नकारात्मक पक्ष पनि बाहिर आइरहेका छन्,’ देउवाले भने, ‘यसलाई रोक्न आम नागरिक सचेत हुनुपर्छ । सरोकारवाला पक्षले ध्यान दिनुपर्छ ।’


प्रतिकृया दिनुहोस्