Skip

Hamro Sanchar

रास्वपाले दीपक बोहरालाइ सह-कोषाध्यक्ष पदबाट हटायाे

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, २८ गते


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दीपक बोहरालाई सह-कोषाध्यक्षको जिम्मेवारीबाट हटाएको छ ।

केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको विवरण अध्यावधिक गर्न रास्वपाले निर्वाचन आयोगमा दिएको निवेदनमा बोहरालाई कोषाध्यक्षबाट हटाएर केन्द्रीय सदस्यमा सीमित गरिएको छ ।

आयोगले अध्यावधिक गरेर बुधबार कायम गरेको केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको सूचीमा बोहरालाई केन्द्रीय सदस्य कायम गरिएको उल्लेख छ ।

रास्वपाको कोषाध्यक्षमा लिमा अधिकारी र सह-कोषाध्यक्षमा बसुमाया तामाङ छिन् ।


प्रतिकृया दिनुहोस्