
धनुषा । धनुषामा लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ। प्रहरीले चलाएको गोली धनुषा मिथिला नगरपालिका-६ ढल्केवरका ४८ वर्षीय पप्पु साहलाई गोली लागेको छ।
मिथिला नगरपालिका २ नक्टाझीजमा लागुऔषध नियन्त्रण ब्युरो काठमाडौँको टोलीले एक राउन्ड हवाइ फायर गरेको र एक राउन्ड साहको दाहिने घुँडामुनि प्रहार गरेको हो।
उनको साथबाट खैरो हेरोइन १०० ग्राम बरामद गरिएको ब्युरोले जनाएको छ। यस्तै बारा परवानीपुर गाउँपालिका वडा नं ३ लिपनीमालकी २७ वर्षकी सेलो देवी रामलाई पनि प्रहरीले पक्राउ गरेको छ।
उनको साथबाट लागुऔषध खैरो हेरोइन १०८ ग्राम बरामद भएको छ। पप्पु यसअघि पनि लागुऔषध मुद्दामा २ वर्ष कैद भुक्तान गरेर रिहा भएका व्यक्ति हुन्। २०७९ जेठ १३ गते प्रहरी वृत थानकोटबाट मुद्दा चलाइएका उनी २ वर्ष कैद भुक्तान गरेर रिहा भएका थिए ।














