Skip

Hamro Sanchar

सप्तकोसी नदीमा पानीको बहाव बढ्यो : १९ ढोका खुला

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, २७ गते


सुनसरी । पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको वर्षाले सप्तकोसी नदीमा कोसी ब्यारेज भएर बग्ने पानीको बहाव बढ्दै गएको छ ।

सोमबार राति ८ बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा पानीको बहाव एक लाख ७४ हजार ४ सय ९४ क्युसेक प्रतिसेकेण्ड रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिएका हुन् ।

सप्तकोसी नदीमा बहाव बढ्दो क्रममा रहेकाले ५२ वटा मूल र चार वटा नहरको गरेर ५६ वटा ढोकामध्ये १९ वटा ढोका खुला गरिएको छ भने खतराको सङ्केतस्वरुप रातो बत्ती बालिएको उनले बताएका छन् ।


प्रतिकृया दिनुहोस्