
काठमाडौँ । नेकपा एमालेकाअध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी फाउण्डेशन पार्टीले नबनाएको स्पष्ट पारेका छन्।
सोमवार मदन-आश्रित स्मृति प्रतिष्ठानका नवनिर्वाचित अध्यक्षलाई पद तथा गोपनियताको शपथ ग्रहण गराइसकेपछि कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
मदन-आश्रित स्मृतिमा श्रद्धाञ्जलि दिन नपाउने स्थिति बनेपछि मदन भण्डारी फाउण्डेशन बनेपछि उनले पार्टी आन्दोलनप्रति निष्ठाका साथ नजन्मिएको बताए।
उनले पुष्पलाल प्रतिष्ठान र मनमोहन प्रतिष्ठान पार्टीले बनाएको उल्लेख गर्दै संस्थाहरू सामुहिक संस्था हुनुपर्ने बताए। नेताहरूका नाममा प्रतिष्ठान स्थापना गर्ने र पछि व्यक्तिहरूले हडप्ने परिपाटीको अन्त्य हुनुपर्ने उनले बताए ।


















