Skip

Hamro Sanchar

इजरायल उडे हमासले बन्धक बनाएका विपिन जोशीका आमा र बहिनि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, २६ गते


काठमाडौं । हमासद्वारा बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गर्न उनका आमा पद्‌मा जोशी र बहिनी पुष्पा जोशी इजरायल प्रस्थान गरेका छन्।

उनीहरू काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको विमान चढेर आज बिहान इजरायतर्फ लागेका हुन्। विमानस्थल प्रवेश गर्दा उनीहरू रोएका थिए।

‘सिक्दै कमाउँदै’ कार्यक्रममा इजरायल गएका विपिन वि।सं। २०८० असोज २० गते शनिबारदेखि परिवारको सम्पर्कमा छैनन्। युद्ध सुरुको भएको केही समयपछि इजरायल सुरक्षा फौज आईडीएफले बन्धक अवस्थाका विपिनलाई हमास लडाकुले स्थानान्तरण गर्दै गरेको भिडिओ सार्वजनिक गरेको थियो।

त्यसपछि विपिनबारे कुनै जानकारी आएको छैन।

‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुर कृषि क्याम्पसका ४९ जना विद्यार्थी ०८० भदौ अन्तिम साता इजरायल गएका थिए।

हमासको आक्रमणमा परेर इजरायलमा १० नेपाली विद्यार्थी मारिएका थिए। हमासले फालेको ‘ग्रिनेड’ अर्कोतर्फ फालेर नेपाली विद्यार्थी जोगाउने विपिनलाई हमासले बन्धक बनाएर लगेको थियो।

विपिनको उद्धारका लागि परिवारका सदस्यले कयौँपटक राष्ट्रपति, प्रधानमन्त्रीसहित उच्चपदस्थ व्यक्तिलाई भेटिसकेका छन्। सरकारले कूटनीतिक पहल जारी राखेको बताए पनि हालसम्म उपलब्धि देखिएको छैन ।


प्रतिकृया दिनुहोस्