Skip

Hamro Sanchar

सप्तकोशीमा पानीको बहाव बढ्दो, खोलियो २८ ढोका

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, २५ गते


सुनसरी । लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव बढेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्वार्टरका सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाका अनुसार शनिबार राति ९ः०० बजे गरिएको मापनमा कोशी बराजमा पानीको बहाव प्रतिसेकेण्ड दुई लाख ४३० क्यूसेक पुगेको छ ।

मापन केन्द्रका अनुसार कोशी बराजका ५६ मध्ये अहिले २८ ढोका खोलिएका छन्। कोशी बराज हुँदै पानीको बहाव प्रतिसेकेण्ड एक लाख ५० हजार क्यूसेक नाघेपछि खतराको संकेतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ, सोहीअनुसार रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ।

हालसम्म पूर्वी तटबन्धमा कुनै क्षति नभएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए। केही दिनदेखिको लगातार वर्षाका कारण जलसतह बढेको हो ।


प्रतिकृया दिनुहोस्