
काठमाडौं । संसद्को शिक्षा समितिमा तीन प्रकारले शिक्षकको बढुवा गर्ने सहमति भएको छ ।
समिति परामर्श तथा समन्वय उपसमितिले गरेको सहमतिलाई शिक्षा समितिले पारित गरेको हो ।
जसअनुसार, आन्तरिक प्रतियोगिता, ज्येष्ठता र कार्यसम्पादन मूल्यांकन र कार्यक्षमताको मूल्यांकनबाट बढुवा गर्ने सहमति भएको छ ।
यसअघि, उपसमितिको प्रतिवेदनमा शिक्षकको बढुवाका लागि आन्तरिक प्रतियोगिता र आवधिक बढुवाको व्यवस्था थियो ।
यस्तै संसद्को शिक्षा समितिमा विद्यालय शिक्षा विधेयकको पाँच वर्षको कार्यसम्पादन मूल्यांकनको नम्बरमा सहमति जुटेको छ । बिहीबार समितिको बैठकमा पाँच वर्षको कार्यसम्पादन मूल्यांकनको नम्बर ९० बाट ८० मा झार्ने सहमत जुटेको हो ।
यसैगरी, समितिमा शिक्षक प्रधानाध्यापक नियुक्त भएपछि स्वतस् शिक्षक महासंघको सदस्यता निष्क्रिय हुने बुँदा पनि पारित भएको छ ।
अहिलेसम्म बैठकमा चार नम्बर बुँदासम्म सहमति जुटिसकेको छ । अहिले पाँचौँ बुँदामा छलफल चलिरहेको छ


















