Skip

Hamro Sanchar

कक्षा १२ को नतिजा सार्वजनिक हुँदै : बोर्ड बैठक जारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, १९ गते


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको बैठक सुरु भएको छ ।

अहिले  बोर्डको कार्यालयमा बैठक बसेको हो । बैठकपछि कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ ।

गत वैशाख ११ गतेदेखि सुरु भएको परीक्षामा पाँच लाख ११ हजार ५२५ विद्यार्थी सहभागी भएका थिए ।

परीक्षामा नियमिततर्फ तीन लाख ९५ हजार ९०८ जना र आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना सहभागी थिए ।


प्रतिकृया दिनुहोस्