Skip

Hamro Sanchar

प्रचण्ड राजनेताका रूपमा देखिनुभएको छ, नेतृत्वमा पुस्तान्तरण गर्न खोज्नु गलत : गुरुङ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, १९ गते


काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजनेताका रूपमा अघि देखिएको बताएका छन् ।

राजनीतिक जिम्मेवारी र भूमिकाका कारण प्रचण्ड राजनेता बनेको भन्दै यसलाई उनले खुसीको कुरा भएको भनेर ब्याख्या पनि गरेका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा जारी स्थायी कमिटी बैठकको आज अन्तिम दिन सम्बोधन गर्दै महासचिव गुरूङले यस्तो बताएका हुन् ।

उनले अहिले प्रचण्डको नेतृत्व नै आवश्यक रहेकाले त्यसबारेमा विवाद गर्न नहुने पनि बताए ।

‘बाबुराम र किरणजीहरूले पनि पार्टीमा पुस्तान्तरणको कुरा उठाउनुभएको थिएन,’ बैठकमा गुरूङले राखेको धारणा उधृत गर्दै स्रोतले भन्यो, ‘अहिले नेतृत्वमा पुस्तान्तरणको कुरा गर्न खोज्नु गलत छ ।’

उनले आन्दोलनले नै नेता जन्माउने र बनाउने भएकाले प्रचण्ड नै अहिलेको नेता भएको बताए ।


प्रतिकृया दिनुहोस्