Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कागेश्वरी मनोहरा ७ मा सिफारिस ब्यबस्थापन प्रणाली लागु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, १२ गते


Advertisement

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-७ मा आइतबारदेखि सिफारिस ब्यबस्थापन प्रणाली लागु भएको छ । नगरप्रमुख उपेन्द्र कार्कीले सेवाग्राहीलाई सिफारिस प्रदान गर्दै उक्त प्रणालीको उद्घाटन गरेका हुन् ।

यो प्रणाली लागु भएसँगै व्यवसाय दर्ता फाराम, वैदेशिक प्रयोजन फाराम, अविवाहित सिफारिश, अस्थायी बसोवास सिफारिस, अस्थायी, व्यवसायिक, आवासिय टहरा स्वीकृत, कित्ता काट सिफारिस, कोठा खाली, घटना दर्ता प्रतिलिपी, घर कायम सिफारिश, घर टहरा सम्झौता, घर नक्सा नामसारी, घर बाटो सिफारिस, चार किल्ला सिफारिस, जग्गा नाँपजाँच, जग्गा नामसारी, जग्गा बहाल, सम्झौता, जन्म दर्ता, तिन पुस्ते विवरण सहित फोटो टाँस सिफारिस, नाता प्रमाणित, नाता सम्बन्ध खुलाई पाँउ, पूर्जाको सफिारिस, फरक फरक ब्यक्ति एकै भएको सिफारिस, बाटो सिफारिस, बैंक खाता संचालन, मिटर जडान सिफारिस, मृत्यु दर्ता, योजना सम्झौता, योजना सम्पन्न, लिखत प्रमाणीत, वसाईसराई दर्ता, विवाह दर्ता, श्रेष्ता उतार सम्वन्धमा, सम्बन्ध विच्छेद, सामाजिक सुरक्षा भत्ता जस्ता सिफारिस कम्प्यूटर प्रणालीद्वारा उपलब्ध हुने र उक्त सिफारिस पत्र घरमै बसेर डाउनलोड गरेर सेवाग्राहीले प्राप्त गर्न सक्नेछन् ।

यी सबै सिफारिस वा निवेदनहरु kmwardseven.phnx.com.np मा उपलब्ध हुनेछन् ।

यो प्रणालीमा वडा वा पालिका भरिका चारकिल्लाका डाटा रहने, फाईलिङ सिस्टमको समस्या हट्ने, सेवाग्राहीका सबै कागजातहरु स्क्यान गरेर राख्न मिल्ने, धेरै व्यक्तिले एउटै सिस्टम प्रयोग गरेर चलाउन मिल्ने, डकुमेन्ट हराएको खण्डमा सेवाग्राहीको नाम वा फोन नम्बरले सजिलै फाइल खोज्न सकिने, वेवसाइटबाट पालिकामा प्रयोग हुने सम्पूर्ण फाइलहरु डाउनलोड गर्न सकिने, वडाभरिका नागरिकले कर तिरे नतिरेको, दर्ता गरेको ब्यबसाय नवीकरण गरे नगरेको, ब्यबसाय नवीकरण नगरेमा अटोमेटिक सूचना प्रणालीद्धारा सूचना जाने, कर तिरेपछि धन्यवाद स्वरूप अटोमेटिक सूचना जाने विशेषताहरु रहेका छन् ।

कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख कार्कीले नगरपालिकालाई प्रविधिमैत्री बनाउने उद्देश्यले वडा नम्बर ७ बाट यस प्रणालीको सुरुवात गरिएको बताए । यस नवीनतम कार्यको अन्य वडामा पनि छिट्टै सुरुवात गरिने उनले जानकारी दिए ।

यो प्रणाली प्रभावकारी हुने हुनाले नगरबासीलाई सेवा सुविधामा निकै सहज हुने नगरप्रमुख कार्कीले बिश्वास व्यक्त गरे ।

वडाबाट प्रदान गर्ने सम्पूर्ण सेवाहरु छिटो, छरितो, पारदर्शी, सुशासनयुक्त र प्रविधिमैत्री बनाउने अभिप्रायले यस प्रणालीको सुरुवात गरेको वडाअध्यक्ष भीमसेन थापाले बताए । सेवाग्राहीले वेवसाइटमार्फत आफुलाई चाहिने डकुमेन्ट डाउनलोड गरेर घरमै भरेर ल्याउन सक्ने अध्यक्ष थापाको भनाई छ । यसो हुँदा सेवाग्राहीको समयको पनि बचत हुने अन्य झन्झट पनि उनले बताए ।

अन्तराष्ट्रिय गुणस्तर मान्यता प्राप्त वडाले यसअघि नै बैदेशिक प्रयोजनमा प्रयोग हुने अंग्रेजी डकुमेन्ट सफ्टवेयर मार्फत जारी गर्न सुरुवात गरेको छ ।


प्रतिकृया दिनुहोस्