Skip

Hamro Sanchar

२१ साउन सम्म शिक्षा विधेयक पारित नभए आन्दोलन गर्ने महासंघको चेतावनी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, २ गते


काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनमा जान बाध्य नपार्न सरकारसँग आग्रह गरेको छ । महासंघसँग भएका सम्झौता कार्यान्वयन नगरे आन्दोलनमा जाने उसको चेतावनी छ ।

साउन २१ गतेसम्म शिक्षा विधेयक पारित नगरे आन्दोलनमा जाने महासंघले चेतावनी दिएको छ ।

सरकार इमानदार नरहेको महासंघको आरोप छ । “असार १५ गते शिक्षा विधेयक पारित गर्ने सरकारले प्रतिवद्धता जनाएको थियो । तर, षड्यन्त्र भयो,” महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले भनिन्, “२९ दिने आन्दोलनपछि सहमति गरिएको थियो । साउनको २१ गतेभित्र शिक्षा विधेयक पारित होस् । हामीलाई आन्दोलनमा जान बाध्य नबनाइयोस् ।”

आन्दोलनमा होमिने अवस्था आए त्यसबाट उत्पन्न हुने परिणामको जवाफदेही सरकार हुने उनको भनाइ छ ।

 


प्रतिकृया दिनुहोस्