Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

शिक्षा विधेयक पारित गर्न थपियो ५ दिनको समय

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, २२ गते


Advertisement

काठमाडौं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले आज  पारित गर्ने भनेको शिक्षा विधेयकका लागि सरकारलाई थप ५ दिन उपलब्ध गराएको छ।

शिक्षामन्त्री रघुजी पन्तले थप समय माग गरेपछि समितिले ५ दिनको समय दिएको थापाले जानकारी दिए।

समितिका समापति अम्मरबहादुर थापाले सदस्यहरूलाई आजको बैठकबाट विधेयक पारित गर्ने तय भएको सूचना दिएर बैठक डाकेका थिए।

‘पाँच दिनभित्र सहमति गरेर आउनू,मन्त्री पन्तलाई निर्देशन दिँदै थापाले भने, त्यसअघि मलाई बैठक बोलाउन एक दिनको समय चाहिन्छ।

समितिका अधिकांश सदस्य सांसदहरूले भने आजै विधेयक पारित गर्नुपर्ने माग राखेका थिए। असार १६ गते पनि शिक्षामन्त्री पन्तकै आग्रहमा बैठक रोकिएको थियो।

अस्थायी शिक्षक, ईसीडी शिक्षकलगायतको विषयमा समितिमा सहमति जुट्न सकेको छैन।

नेपाल शिक्षक महासंघले सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै आन्दोलनको चेतावनी दिइरहेको छ ।


प्रतिकृया दिनुहोस्