Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

विद्यालय शिक्षा विधेयकमा शिक्षा मन्त्रीले फेरि मागे समय

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, २२ गते


Advertisement

काठमाडौं। शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयक पास गर्न थप समय माग गरेका छन्

शिक्षा समिति बैठकमा बोल्दै शिक्षामन्त्री पन्तले केही विषयमा कुरा नमिलेको भन्‍दै थप समय माग गरेका हुन् ।

‘एक दुई वटा विषयमा कुरा मिलेको छैन । सत्ता गठबन्धनमा छलफल गर्न छ,’ शिक्षामन्त्रीले भने, ‘हामी क्षमाप्रार्थी छौं। आज पास गर्ने भनेको हो ।तर, सकेनौ । केही समय चाहियो।’

यसअघि असार १६ गते पनि शिक्षामन्त्रीकै आग्रहमा समितिको बैठक स्थगित गरिएको थियो । फेरि शिक्षक महासंघसँग वार्ता जारी रहेकाले मन्त्रीले समय मागेका हुन्।

विद्यालय शिक्षा विधेयक चाँडै पास गर्नुपर्ने समितिका सदस्यहरुले माग गर्दै आएका छन्


प्रतिकृया दिनुहोस्