Skip

Hamro Sanchar

अस्थायी शिक्षकको प्रतिस्पर्धामा कुरा नमिल्दा शिक्षा समितिको बैठक स्थगित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, १६ गते


काठमाडौं । आज बिहानका लागि बोलाइएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित गरिएको छ ।

बिहान ८:३० बजेका लागि तय भएको बैठक स्थगित गरेर दिउँसो २ बजे बोलाइएको छ ।

अस्थायी प्रकृतिका शिक्षकको प्रतिस्पर्धाबारे सहमति नभएपछि बैठक स्थगित गरिएको हो । प्रतिस्पर्धालाई ६०र४० गर्ने कि ७५र२५ राख्ने भन्नेमा सहमति हुन नसकेको हो ।

समितिको बैठक बस्नुअघि सोही विषयमा समन्वय परामर्श उपसमितिले सहमतिको प्रयास गरेको थियो ।

एक पटक शिक्षा मन्त्रालयले शिक्षक महासंघसँग छलफल गरेपछि आजै दिउँसो २ बजे बैठक बस्नेछ


प्रतिकृया दिनुहोस्