
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अवरुद्ध रहेको संसद् सञ्चालन गर्नका लागि आफूले प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कुरा गर्न खोजेँ पनि सम्पर्क हुन नसकेको बताएका छन्।
आज एमाले संसदीय दलको बानेश्वरमा बसेको बैठकलाई सम्बोधन गर्दै उनले प्रचण्ड सम्पर्कमै आउन नचाहिरहेको उल्लेख गरेका छन्।
‘भोलि संसद् चलाउँ भनेर मैले प्रचण्डजीसँग पनि कुरा गर्न खोजेँ,’ ओलीले भने, ‘हामी नेताहरुको बीचमा अलिकति छलफल पनि गरौँ भनेर, उहाँ सम्पर्कमा आउन चाहिरहनु भएको छैन ।

















