Skip

Hamro Sanchar

कान्तिलोकपथ सडक गएरातिदेखि अवरुद्ध

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, १० गते


वाग्मती । हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडक गएरातिदेखि अवरुद्ध भएको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको वाग्मती गाउँपालिका–२ जोड्ने वाग्मती पुलको साइडमा भरिएको ग्राभेल माटो वर्षासँगै आएको बाढीले बढाएपछि गएरातिदेखि कान्तिलोकपथ सडक पूर्णरुपमा अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार सडक अवरुद्ध भएपछि सवारीसाधन आवतजावत बन्द भएको र अवरुद्ध सडक खुलाउने पहल भइरहेको छ ।

कान्तिलोकपथ सडक अवरुद्ध रहेकाले हेटौँडा–काठमाडौं आवतजावत गर्न वैकल्पिक सडक प्रयोग गर्न उनले आग्रह गरेका छन् ।


प्रतिकृया दिनुहोस्