Skip

Hamro Sanchar

बैतडीमा लगातार दुईपटक भूकम्प : स्थानीय घर बाहिर निस्किए

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, ९ गते


बैतडी । बैतडी सदरमुकाम भएर भूकम्प गएको  छ।

सुर्खेतिस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार सदरमुकाम खलङ्गा केन्द्रबिन्दु भएर आज बिहान १ः४८ बजे ५‍.१ र २ः०० बजे तीन दशमलव सात रेक्टर स्केलको भूकम्प भएको हो ।

लगातार दुईपटक कम्पन भएपछि यहाँका स्थानीय घर बाहिर निस्केका थिए ।

भूकम्पको धक्का दार्चुला, बझाङ, डडेल्धुरामा धक्का महसुस गरिएको केन्द्रका प्रमुख तिमल्सिनाले बताए । भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त हुन बाँकी छ ।


प्रतिकृया दिनुहोस्