११ भदौ, काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेल पक्राउ परेकी छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आज उनलाई बबरमहलबाट पक्राउ गरेको हो।
नेपाल बीमा प्राधिकरणको पत्रद्वारा ट्रस्ट इन्स्योरेन्स ब्रोकरमा गरिएको निरीक्षण प्रतिवेदनअनुसार बीमा ऐन कसुरमा असुन्धानका लागि पौडेललाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।






























