
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराईमाथि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डु गरेको टिप्पणीमाथि भट्टराईको सचिवालयले पनि टिप्पणी गरेको छ।
रुकुमपूर्वमा आयोजित पत्रकार सम्मेलनमा प्रण्डले भट्टराईलाई सबैभन्दा बुद्धि नभएको डाक्टर भनेर चिन्छन् मान्छेले। यस्तासँग के गरी एकता गर्नेरुु भन्दै हाँस्दै मजाक गरेका थिए।
यसै अभिव्यक्तिलाई लिएर भट्टराईका स्वकीय सचिव रेखी गुरुङले सामाजिक सञ्जालमार्फत जवाफ फर्काएका हुन्। उनले बाबुरामले आफ्नो क्षेत्र गोरखा९२ नछाडेको भए सांसद बन्ने अवस्था नभएको भन्दै उनले प्रचण्डको अभिव्यक्तिमा आपत्ति जनाएका छन्।
प्रचण्डको टिप्पणीस् ‘हाँसोका पात्र भएका छन् बाबुराम, कस्तो बुद्धि नभएका डाक्टर’
बाबुरामलाई बुद्धि नभएको भन्नु र प्रचण्डलाई कम्युनिष्ट ठान्नुु आफैँमा दुई ठूला राजनीतिक जोक हुन्,उनले भने, बाबुरामले आफ्नो क्षेत्र (गोरखा) नछोडेका भए राजनीतिक ठगी गर्न सिपालु प्रचण्ड सायद सांसद पनि बन्ने थिएनन्। यो मानेमा बाबुरामलाइ सोझो र बुद्धि नभएको ठान्ने धेरै गोरखालीहरू मैले पनि भेटेको छु, सुनेको छु।
प्रचण्ड अहिले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानमा हिँडेका छन्। गुरुङले भने बाबुरामले बनाएको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा मर्निङ वाक गर्दै बाबुराममाथि खिसिट्युरी गरिएको भन्दै भने- प्रचण्डले आफ्नै इतिहास प्रति अट्टहास गर्नु हो।
उनले प्रचण्डलाई सत्ताको खेलाडी र बाबुरामलाई परिवर्तनको संवाहक पनि भनेका छन्। नेपाली राजनीतिमा कमेडी शो भइरहेकै छ। एकथान हास्यरसको लागि धन्यवाद कमरेड उनले भने ।

















