
काठमाडौं । नवनियुक्त गभर्नर डा.विश्व पौडेलले शपथ लिएका छन् । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले उनलाई पद तथा गोपनीयताको शपथ गराए ।
शपथपछि पदबहालीका लागि पौडेल बैंकको केन्द्रीय कार्यालय, बालुवाटार गएका छन् । गभर्नर कार्यालयका अनुसार बैंकको नयाँ भवनको भित्री चोकमा उनको स्वागत कार्यक्रम राखिएको छ ।
हिजोको क्याविनेटले डा.पौडेललाई गभर्नरमा नियुक्त गरेको थियो ।