Skip

Hamro Sanchar

रविलाई रिहा गर्न माग गरिएको निवेदनमा सुनुवाइ जारी : आजै छुट्लान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, ६ गते


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा आज सुनुवाइ जारी छ।

सर्वोच्च अदालतमा ६ पटकसम्म हेर्न नमिल्नेमा परेको रिटमा आज न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ भइरहेको हो।

अहिले लामिछानेका कानुन व्यवसायीले बहस गरिरहेका छन्। सहकारी ठगी प्रकरणमा लामिछाने अहिले रुपन्देही कारागारमा छन्।

जिल्ला अदालत रुपन्देहीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि पूर्वडीआईजी छविलाल जोशी पनि सर्वोच्च पुगेका हुन्।

रविलाई रुपन्देही जिल्ला अदालतले भने एक करोड रुपैयाँ धरौटीमा छाडेको थियो। उच्च अदालतले जिल्लाको आदेश उल्टाइदिएपछि कारागार चलान भएका हुन् ।


प्रतिकृया दिनुहोस्