Skip

Hamro Sanchar

घाँस काट्ने क्रममा भीरबाट लडेर दुई महिलाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, ६ गते


काठमाडौं । तनहुँमा घाँस काट्ने क्रममा भीरबाट लडेर दुई महिलाको मृत्यु भएको छ।

प्रहरीका अनुसार ऋषिङ गाउँपालिका-३ सोलुङ स्थित कटोर्के सामुदायिक वनको भीरबाट लडेर उनीहरूको मृत्यु भएको हो।

ऋषिङ गाउँपालिका- ३ की ६२ वर्षीया श्रीमाया राना र देवघाट गाउँपालिका-२ की २६ वर्षीया​ खिमसरा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।

सोमबार बिहान घाँस काट्न गएका दुवैजना अबेरसम्म पनि नफर्किए पछि खोज्ने क्रममा दुवै मृत फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिकृया दिनुहोस्