Skip

Hamro Sanchar

गभर्नर नियुक्ति पेचिलो बन्दै : मन्त्रिपरिषद् बैठक स्थगित गरेर ओलि-देउवा भेट्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, ५ गते


काठमाडौँ । आज बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित भएको छ । आज साँझ ६ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालय सदस्य रामशरण बजगाईले बताए ।

आजको बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिबारे निर्णय गर्ने आकलन गरिएको थियो । मन्त्रिपरिषद् बैठकअघि कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री ओलीबिच छलफल हुने उच्च स्रोतले बताएको छ ।


प्रतिकृया दिनुहोस्