
काठमाडौं । मध्यपहाडी लोकमार्ग अभियानको क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड डोटी पुगेका छन्। प्रचण्डसहितका नेताशुक्रबार नै डडेल्धुराबाट डोटी पुगेका हुन्।
प्रचण्डसहितको टोलीले आज बिहान दिपायलमा ‘मर्निङ वाक’ गरेको छ। उनीहरूसँग जिल्लाका नेता कार्यकर्ता पनि सहभागी थिए । उनीहरूसँग केही विद्यार्थी पनि मिसिएका थिए।
मध्यपहाडी लोकमार्ग जनजागरण अभियान अन्तर्गत माओवादी केन्द्रले शनिबार दिउँसो १ बजे दिपायलमा ‘जनसभा’ गर्दैछ । यसअघि अहिले नेताहरु स्थानीय नेता कार्यकर्तासँग भेटघाट तथा अन्तरक्रिया गरिरहेका छन् ।


















