Hamro Sanchar

झन्डै २ महिनामा हिरासतमुक्त भए रवीन्द्र: भने, धेरै खुशी हुन्न

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, २ गते


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र झन्डै २ महिनामा हिरासतमुक्त भएका छन् । उनी ठीक ५० दिनमा आज हिरासतमुक्त भएका हुन् ।

उनलाई गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक आन्दोलनपछि पक्राउ गरिएको थियो ।

प्रहरीले मिश्रमाथि संगठित अपराध, राज्यद्रोह र आपराधिक उपद्रव गरी तीनवटा कसुरमा अनुसन्धान गर्न आठ पटक म्याद थप गरिसकेको थियो । हिरासतबास अझै लम्ब्याउने सरकार र प्रहरीको योजना रहेको महसुस गरेर मिश्रले बन्दी प्रत्यक्षीकरणको रिट हालेका थिए । आज न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र कुमार चुडालको इजसाले उनलाई कानून व्यवसायीको रोहबरमा हाजिरी जमानीमा छोड्न आदेश दिएको हो ।

उनले पत्रकारसँग थोरै आफ्नो भनाइ राखे । आफू हाजिरी जमानीमा छुटे पनि मुद्दा अझै जारी रहेकाले धेरै खुशी नहुने मिश्रको प्रतिक्रिया छ ।


प्रतिकृया दिनुहोस्