Hamro Sanchar

प्रचण्ड-देउवा फोन वार्ता : बूढानीलकण्ठ पुगे जनार्दन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, २ गते


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माबीच समसामयिक राजनीतिकका विषयमा छलफल भएको छ।

देउवालाई भेट्न शर्मा शुक्रबार बूढानीलकण्ठ पुगेका थिए। पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग देशको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भयोु शर्माले भने।

नेकपा माओवादी केन्द्रले आजदेखि मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सुरु गरेको छ। सोही अभियानको उद्घाटनका लागि देउवाको गृह जिल्ला डडेलधुरा पुगेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले देउवालाई फोन गरेका थिए। त्यसलगत्तै शर्मा देउवालाई भेट्न पुगेका हुन् ।


प्रतिकृया दिनुहोस्