
कैलाली । निर्मला प्रकरणमा ट्विस्ट एन्ड टर्न गर्ने प्रमुख पात्र मानिएका खेम भण्डारी गाली बेइज्जती मुद्दामा दोषी ठहर भएका छन्।
तत्कालिन जिल्ला प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टका छोरा किरण राज विष्टले उनीविरुद्ध गाली बेइजती कसुरमा मुद्दा दर्ता गरेकोमा जिल्ला अदालत कञ्चनपुरले एक महिना कैद सजाय र एक लाख क्षतिपूर्तिको सजाय तोकिएको हो।
जिल्ला अदालत कञ्चनपुरका सूचना अधिकारी राजेन्द्र बहादुर चन्दका अनुसार यसका साथै उनलाई १० हजार जरिवाना समेत तोकिएको छ।
निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा तथ्यहीन आरोप लगाउँदै आएका भण्डारीले किरणराज विष्टलाई पनि जोडेर समाचार र स्टाटस लेखेका थिए।
यता भण्डारीले जिल्ला अदालतको फैसलालाई सम्मान गर्दै फैसलाविरुद्ध उच्च अदालतमा जाने बताएका छन् ।