Hamro Sanchar

विद्युत् प्राधिकरण कौडीको भाउमा बेच्ने प्रपञ्च हुँदैछ : सुदन किराँती

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, १ गते


काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले नेपाल विद्युत् प्राधिकरणलाई पनि कौडीको भाउमा बेच्ने प्रपञ्च त हुँदैछ छैन भन्ने आशंका व्यक्त गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै कुलमानको बर्खास्तीपछि बत्ती जान थाल्यो भनेर जनतामा व्यापक असन्तुष्टि बढ्नेको सुनाए ।

त्यसबारे उनको भनाइ जस्ताको त्यस्तै

भर्खरै पूर्वी नेपालको विभिन्न भागमा पुगेको थिएँ अधिकांश स्थानमा बत्ती गएको देखियो र कुलमानको बर्खास्तीपछि बत्ती जान थाल्यो भनेर जनताको व्यापक असन्तुष्टि पनि सुनियो । के यो अघोषित लोडसेडिङ हो रु प्राधिकरणको कमजोर व्यवस्थापनको परिणाम हो रु

कुलमान हुँदा नाफामा रहेको प्राधिकरण, नयाँ एमडीले प्रस्तुत गरेको श्वेत पत्रमा एकाएक सङ्कट ग्रस्त देखियो। यसबाट हामीले के बुझ्ने रु के यो प्राधिकरणलाई पनि कौडीको भाउमा बेच्ने प्रपञ्चको पूर्व तयारी हो रु आकाशमा चिल आयो चिल आयो भनेर धर्तीमा कुखुरा चोर्ने धूर्त स्यालको कथाको सूत्रले अब जनता नझुक्किने कुरा बुझ्न सरकारलाई अनुरोध गर्दछु

प्रकारान्तरले त्यस्तो हुन गए देशको निम्ति दुर्भाग्य हुनेछ। त्यो बाटोमा नजान सरकारलाई गम्भीर रूपले सचेत गराउँदछु ।


प्रतिकृया दिनुहोस्