Hamro Sanchar

कांग्रेस नेता मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, १ गते


काठमाडौँ । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स घोटालामा उनी संलग्न भएको जिकिरसहित आज विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारका अनुसार बस्नेतसहित अन्य १५ जना र कम्पनी उपर बिगो ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो मागदाबी भएको छ ।


प्रतिकृया दिनुहोस्