Skip

Hamro Sanchar

मापसे गरेर चलाएको कार पोलमा ठोक्कियो, ३ जना घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, २२ गते


काठमाडौँ । ललितपुरमा चालकले मापसे गरेर चलाएको कार बिजुलीको पोलमा ठोक्किएको छ । गएराति ११ बजेतिर ललितपुर महानगरपालिका–१५ हात्तीवनमा बा.१५ च ७६५२ नम्बरको फोर्ड कार दुर्घटना भएको प्रहरीले जनाएको छ ।

कार आफैँ अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किँदा ३ जना घाइते भएका छन् । कार चालक गोदावरी नगरपालिका–३ टौखेल बस्ने ३२ वर्षीय रूपक सापकोटालाई प्रहरीले पक्राउ गरेको छ ।

उनले मापसे गरेको पाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

दुर्घटनामा म्याग्दी घर भएर गोदावरी बस्ने ४० वर्षीय अमर ध्वज पौडेल, टौखेल बस्ने २२ वर्षीय विशाल बिक र २९ वर्षीय सौगात लामिछाने घाइते भएका छन् । उनीहरूको बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिकृया दिनुहोस्