Skip

Hamro Sanchar

शंकर पोखरेलको दाबी : शिक्षक आन्दोलनमा भएको मुठभेड नियोजित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, १४ गते


काठमाडौं । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले वार्ताका माध्यमबाट सहमतिमा पुग्ने कोसिस भइरहेका बेला शिक्षक आन्दोलनमा मुठभेड भएको भन्दै त्यो नियोजित रहेको दाबी गरेका छन्।

‘शिक्षक नेतृत्व वार्तावाट सहमतिमा पुग्न कोसिस गरिरहेको र वार्ता समेत सकारात्मक दिशामा अघि बढेका वेलामा आज भएको मुठभेड नियोजित नै देखिन्छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘शिक्षक आन्दोलनलाई आफ्नो राजनीतिक स्वार्थअनुरुप मुठभेडमा लैजाने षडयन्त्रका विरुद्धमा महासंघको नेतृत्व थप सचेत हुनुपर्दछ।’

सर्वोच्च अदालतको निर्देशनात्मक आदेशको पालाना गर्नु सरकार र शिक्षक दुवैको दायित्व भएको भन्दै पोखरलले भनेका छन्, ‘वार्ताबाट सहमतिमा पुग्नुको विकल्प छैन। दुबैपक्ष गम्भीर ढंगले वार्तमा बसौँ र सहमति गरेर मात्र वार्ताबाट उठौँ।


प्रतिकृया दिनुहोस्