Skip

Hamro Sanchar

बाबुराम भट्टराई भारत प्रस्थान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, १३ गते


काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराई भारत प्रस्थान गरेका छन् ।

उनी प्रगतिशील नेपाली समाज, भारतको अधिवेशनमा अतिथिका रूपमा सहभागी हुन शनिबार (वैशाख १३)त्यहाँ गएको पार्टी उपाध्यक्ष मानुषी यमीले जानकारी दिइन् । आइतबारदेखि भारतको फरिदाबादमा समाजको अधिवेशन सुरु हुँदै छ ।

डा.भट्टराईका साथ उपाध्यक्ष एवं विदेश विभाग प्रमुख मानुषी र सचिव एवं प्रवास प्रदेशअन्तर्गत भारतका इन्चार्ज सन्देश कार्की छन् ।


प्रतिकृया दिनुहोस्