Skip

Hamro Sanchar

माओवादी घटकका दुई पार्टीसँग एकताको वार्ता आजै हुँदैछ : प्रचण्ड

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, १३ गते


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तराई-मधेश जागरण अभियानपछि सिंगो मधेश माओवादी र प्रचण्डमय भएको दाबी गरेका छन् ।

माओवादी सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीभित्र पनि एकताको नयाँ आधार बन्दै गइरहेको बताए ।

प्रचण्डले आजै माओवादी घटकको दुई पार्टीबीच एकताबारे वार्ता हुन लागेको बताए ।

प्रचण्डले पछिल्लो पटक सरकारको नेतृत्व गर्दा गरेका कामले पार्टीप्रति आकर्षण बढेको सुनाए


प्रतिकृया दिनुहोस्