Hamro Sanchar

कांग्रेसका असन्तुष्ट नेतालाई विष्टको प्रश्न : सत्तापक्षमा कि विपक्षमा हुनुहुन्छ ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, १२ गते


काठमाडौं । नेकपा एमालेका सांसद गोकर्ण विष्टले सरकार ढल्न लागेको भन्ने कुरमा सत्यता नभएको बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले सरकार गयो भन्दै अस्थिरता पैदा गर्ने प्रयत्न भएको बताए ।

उनले नेपाली कांग्रेस र एमालेबीचको सातबुँदे सहमतिअनुसार अघि बढ्ने बताए । उनले कहीँ असहमति भए राजनीतिक संयन्त्रमार्फत समाधान गरिनुपर्ने समेत उनले बताए । उनले नेपाली कांग्रेसका नेताहरूले सरकारबारे दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै सत्तामा कि प्रतिपक्षमा भन्ने चिन्न पनि गाह्रो हुने गरेको टिप्पणी गरे ।

“कहिलेकाहीँ त यस्तो लाग्ने गर्छ । सत्तामा रहेका साथीहरू पनि सत्तामा हुनुहुन्छ कि प्रतिपक्षमा रु कहिलेकाहीँ चिन्न पनि गाह्रो हुने अवस्था हुन्छ । यसबाट माथि उठौँ,” उनले भने ।

एमालेका सचिवसमेत रहेका विष्टले सरकार कति समय रहन्छ भन्ने कुरा महत्त्वपूर्ण नभएको समेत बताए । “सरकार गयो–गयो, सरकार रह्यो, रह्यो यो प्रकारको विवादतिर नलागेर सरकार जति दिन रहन्छ । कति दिन रहन्छ वा एक घन्टा रहन्छ यो महत्त्वपूर्ण होइन,” उनी भन्छन् ।

सरकार जति दिन रहे पनि जनताको हितामा काम गर्ने कुरा महत्त्वपूर्ण रहेको उनको भनाइ छ । सरकारले राष्ट्रहितलाई केन्द्रमा राखेर काम गर्ने र परिणाम दिने उनको दाबी छ ।


प्रतिकृया दिनुहोस्