Hamro Sanchar

सरकार परिवर्तनबारे देउवा भन्छन् : मलाई थाहा छैन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, १२ गते


काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनमा कुनै समस्या नभएको जिकिर गरेका छन् ।

शुक्रबार थाइल्यान्ड भ्रमणबाट फर्कने क्रममा विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिने क्रममा देउवाले यस्तो बताएका हुन् ।

‘गठबन्धन जसरी पनि टिक्छ । केही भएको छैन,’ देउवाले भने।

उनले आफूलाई सत्ता समीकरण परिवर्तन हुने भन्ने कुरा थाहा नभएको पनि बताए ।

‘सत्ता समीकरण परिवर्तन हुने कुरा कसले भनेको हो थाहा छैन मलाई,’ देउवाले भने ।


प्रतिकृया दिनुहोस्