
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ बजेट सम्बन्ध छलफल र बहसमा संसदभित्र सक्रिय भूमिका निभाउने निर्णय गरेको छ ।
आज बसेको संसदीय दलको बैठकले बजेटसम्बन्धी विषयमा संसदभित्र रास्वपाको नेतृत्व गर्ने जिम्मेवारी उपसभापति डा. स्वर्णिम वाग्लेलाई दिएको छ।
बैठकपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बजेट अधिवेशन प्रभावकारी बनाउनका लागि सरकारका नीति तथा कार्यक्रम एवं बजेटका सबै विषयवस्तुमा पार्टीका सांसदहरूलाई सक्रिय भाग लिन निर्देशन दिइएको बताए ।
यस्तै, शिक्षक आन्दोलनका मागहरू अध्ययन गर्ने र संसदमा प्रस्तुत विधेयकमा काम गर्न शिक्षा समितिमा रहेका डा. तोसिमा कार्की, सुमना श्रेष्ठ र शिशिर खनालको टीम बनाउने निर्णय भएको परियारले जानकारी दिएका छन् ।


















