
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले १५ वर्षसम्म पार्टीको नेतृत्वमा बसेकाहरू नै पार्टी सिध्याउँछौं भन्दै हिँडेको टिप्पणी गरेका छन् ।
नेकपा स्थापनाको ७६ औं वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
विरोधीहरूले पार्टीलाई सिध्याउँछौं भनेर कतिपय लागेको भए पनि एमाले अहिले नसकिने दाबी गरे ।
‘एमाले सिध्दिंदैन, एमालेको आन्दोलन समाप्त हुन सक्दैन, कमजोर पनि हुन सक्दैन,’ ओलीले भने ।उनले पार्टी विभाजन गरेर अलग भएका माधव कुमार नेपालतिर लक्षित गर्दै ‘जुन आमाको कोखमा बसेर हुर्कियो, उनै आमाको अस्तित्व मार्न’ लागेको आरोप लगाए ।
‘कोही १३ वर्ष यही पार्टीको लिडरसिपमा बसे, कोही १५ वर्ष यही पार्टीको लिडरसिपमा बसे । निर्लज्ज ढंगले यही पार्टी सिध्याउँछौं भनेर हिँडे,’ ओलीले भने, ‘जुन आमाको कोखमा बसेर हुर्कियो, जुन आमाको दूध चुसेर हुर्कियो त्यही आमालाई अस्तित्व पनि राख्दिन भनेर मार्न तयार हुने, अपराधी प्रवृत्ति तिनीहरूमा हाबी छ ।’
त्यस्तै मान्छेहरूका कारण कम्युनिस्ट पार्टीभित्र समस्या पैदा भएको उनको भनाइ थियो ।
‘दुई तिहाइको पार्टीलाई टर्च बालेर खोज्दा पनि नभेट्ने बनाइदिन्छौं भनेर एमालेमै बसेर अघाएका किर्नाजस्ता भएका, टुम्म टुम्म भएकाहरू, एमालेलाई खोज्दा पनि नभेट्ने बनाउँछौं भनेर हिँडे,’ ओलीले थप भनेका छन् ।
आफूले पार्टी एकता गर्न चाहेको भए पनि एकता भाँड्नका लागि दुरुपयोग गरिएको आरोप लगाए