
काठमाडौं, बैशाख ४- नेपाल पब्लिक क्याम्पस संघले काठमाडौंमा जारी शिक्षकको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघले आज एक विज्ञप्ति जारी गरि आन्दोलनमा ऐक्यबद्धता जनाउदै आवश्यक परे आफुपनि सडक आन्दोलनमा सहभागी बन्न तयार रहेको उल्लेख गरेको छ ।
बिद्यालय बिधेयक ऐन जारी गर्न माग गर्दै बिगत १५ दिनदेखि सरकारी स्कुलका शिक्षक आन्दोलनमा छन् ।
सरकारले बिगतमा आन्दोलनरत शिक्षक महासंघसंग सहमति गरेका विषयहरु वर्तमान सरकारले पुरा गर्नु पर्ने पब्लिक क्याम्पस संघको ठहर छ ।
साथै संघले शिक्षकका जायज मागसहितकाे शान्तिपूर्ण आन्दोलनप्रति चिन्ता बेक्त गर्दै आन्दोलनमा ऐक्यबद्धता प्रकट गरेको हो ।
संघले सैक्षिक क्षेत्रलाई तहस-नहस गर्ने प्रपन्च र जालझेल गरि शिक्षक महासंका साथमा आफुहरुलाई पनि आन्दोलनमा होमिन बाध्य नबनाउन पनि आग्रह समेत गरेको छ ।