Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सुरेश रजक हत्याको निष्पक्ष छानबिनको माग गर्दै समाजवादी प्रेस संगठनको प्रदर्शन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, ४ गते


Advertisement

काठमाडौँ, बैशाख ४- समाजवादी प्रेस संगठन नेपालले पत्रकार सुरेश रजकको हत्याको निष्पक्ष छानबिनका लागि आयोग गठनको माग गर्दै बिहीबार मौन प्रदर्शन गरेको छ ।

समाजवादी प्रदेश सङ्गठनले उनलाई सहिद घोषणा गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्तिको समेत दिन आग्रहसहित राजधानीको शान्तिबाटिकामा एक घण्टा मौन प्रदर्शन गरेको हो ।

काठमाडौंको शान्तिबाटिकामा प्लेकार्डसहित मौन प्रदर्शन कार्यक्रममा स्व. रजकलाई सहिद घोषणा गर्नुपर्ने, रजकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, मृत्युको कारण पत्ता लगाउन निष्पक्ष छानविन आयोग गठन गरी अनुसन्धान गर्नुपर्ने लगायतका माग गरिएको थियो ।

गत चैत १५ गते समाचार सङ्कलनको क्रममा काठमाडौँको तीनकुनेमा उनले ज्यान गुमाएका थिए ।


प्रतिकृया दिनुहोस्