Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

आन्दोलनरत शिक्षकलाई सरकारले वार्तामा बोलायो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, २० गते


Advertisement

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकलाई वार्तामा आउन आह्वान गरेको छ। मन्त्रालयले बिहीबार (चैत २१)विज्ञप्ति जारी गर्दै छलफलमार्फत साझा धारणा बनाउन सकिने जनाएको छ।

शिक्षक समुदायसँग विगतझैँ फेरि पनि सान्दर्भिक छलफल गर्न र साझा धारणा निर्मण गर्न नेपाल सरकार हमेसा तयार रहेकाले यसका लागि शिक्षक तथा कर्मचारीका प्रतिनिधिहरूलाई मन्त्रालयमा हार्दिक स्वागत गर्दछौँ, विज्ञप्तिमा उल्लेख छ।

शिक्षा ऐन तत्काल जारी गरिनुपर्ने माग गर्दै शिक्षकहरूले बुधबार (चैत २०)देखि काठमाडौंकेन्द्रित अनिश्चितकालीन सडक आन्दोलन सुरु गरेका छन्। विद्यालय शिक्षा विधेयक हाल संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा दफावार छलफलक्रममा छ। तर, संसद्को हिउँदे अधिवेशन चैत १९ गते अन्त्य गरियो। अर्को अधिवेशन ९संसद् बैठक० आह्वान गरिएको छैन ।


प्रतिकृया दिनुहोस्