Hamro Sanchar

कागेश्वरी मनोहराका २२ जनाले लिए मेलमिलाप सम्बन्धि ८ दिने तालिम

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, १४ गते


काठमाडौं, चैत १४- कागेश्वरी मनोहरा नगरपालिकाका २२ जना महिला तथा पुरुषले मेलमिलाप सम्बन्धि ८ दिने आधारभूत  तालिम लिएका छन् ।

नगरपालिकाको न्यायीक समितिको आयोजनामा गत बिहिबारदेखी धुलिखेलको एक होटलमा आवशीय तालिम सुरु भएको थियो । आठ दिनसम्म चलेको उक्त (४८ घण्टे) तालिम बिहिबार सम्पन्न भएको हो ।

तालिममा मेलमिलापको महत्व, मेलमिलापले सामाजिक द्धन्द व्यवस्थापनमा पुर्याउने सहयोग लगाएतका विषयमा सिकाइएको थियो ।

समापन कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका नगरप्रमुख उपेन्द्र कार्कीले तालिमबाट नगरपालिकाले दक्ष मेलमिलापकर्ता प्राप्त गर्ने बताए । उनले वडा स्तरमा हुने विभिन्न विवादलाई मेलमिलापका माध्यमबाट वडामै मिलाउन मेलमिलापकर्ताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । साथै प्रमुख कार्कीले पशिक्षार्थीहरुलाई अन्य तालिमलगायतका आवश्यक सहयोग गर्न तयार रहेको बताए ।

न्यायिक समिति सदस्य तथा वडा नम्बर ४ का अध्यक्ष विजय श्रेष्ठ (घन)ले स्थानीय तहमा न्याय निरुपण गर्नका निम्ति आवश्यक जनशक्ति उत्पादन गर्न यस तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

यस्तै प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले तालिम लिने सहभागीहरुले न्यायीक समितिले सम्पादन गर्ने कामहरुको गहन रुपमा बुझेर कार्य सम्पादन गर्न अनुरोध गरे ।

न्यायिक समिति संयोजक तथा नगर उप-प्रमुख शान्ता थापाले तालिममा सिकेको ज्ञानलाई ब्यवहारमा उतार्न आग्रह गरिन् । मेलमिलाप कर्ताले कानुनलाई टेकेर दण्डित पनि गर्नुपर्ने भन्दै प्रशिक्षण पछि बिबाद समाधानमा उल्लेखनीय भूमिका निर्वाह गर्ने बिश्वास ब्यक्त गरिन् । गत बर्ष ३५ जनाले मेलमिलापकर्ताले तालिम लिएका र यसबर्ष छुटेका २२ जनालाई तालिम प्रदान गरिएको संयोजक थापाले जानकारी दिइन् ।

‘शान्तिका लागि सहकार्य संस्था’ले तालिम प्रदान गरेको छ । न्यायिक समितिका रहेकाहरुलाई प्रशिक्षण अवधिभर होटलमै राखिएको थियो ।

समापन कार्यक्रममा वडा नम्बर-२ का अध्यक्ष सुरज खड्का, कानुनी सल्लाकार अष्टलाल श्रेष्ठ, राजनीतिक सल्लाहकार शुसिल फुयाल वडा सदस्य आत्माराम पौडेल, गोमा बिसुंखेलगायत बिभिन्न शाखाका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई न्यायिक समिति उजुरी प्रशासक मकरध्वज केसीले संचालन गरेका थिए ।

सामान्यतया जुनसुकै बिषयमा झगडा, बिबाद र द्वन्द्व भएमा अदालतमा पुगेर मुद्धा दायर गर्ने र लामो समयपछि अदालती प्रकृयाबाटै हारजीत मार्फत छिनोफानो गर्ने पुरानो चलन हो । तर छोटो समय, बिबाद कम गर्दै बिबादित पक्षलाई समेत मेलमिलापमा लैजाने र दुवै पक्षलाई जीत-जीतको तहमा लैजाने प्रकृयाको रुपमा नेपालमा केहि समयदेखि सामुदायिक मेलमिलाप शुरु भएको छ ।

यो पनि पढ्नुहोस्- कागेश्वरी मनोहराद्धारा मेलमिलाप सम्बन्धि ४८ घण्टे तालिम सुरु, ८ दिनसम्म चल्ने


प्रतिकृया दिनुहोस्