Skip
आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

७ जना सीडीओको सरुवा : कस्लाई कहाँ पठाइयो ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, ५ गते


Advertisement

काठमाडौं । ७ जना सीडीओसहित गृहमन्त्रालयले १३ जनाको सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकले आज निर्णय गरेको सरुवाको सूचीमा सहसचिव र उपसचिव छन् ।

कपिलवस्तुका सीडीओ शिवप्रसाद अधिकारी, सुर्खेतका शंकरहरि आचार्य, नवलपरासीपूर्वका अरुण पोखरेल, बागलुङका नेत्रप्रसाद सुवेदी, अछामका शिवप्रसाद लम्साल र पर्वतका केदारनाथ शर्माको गृह मन्त्रालयमा सरुवा भएको छ।

यस्तै मन्त्रालयमा ‘बरण्डा’ मा रहेका सहसचिव दिलकुमार तामाङ कपिलवस्तु, जगदिश्वर उपाध्याय सुर्खेत, भविश्वर पाण्डे नवलपरासी पूर्व, कुमानसिंह गुरुङ बागलुङ, प्रेमप्रसाद लुइँटेल उदयपुर, आनन्द सारुलाई अछामको सीडीओको जिम्मेवारी दिएर पठाइएको छ ।

सीडीओको जिम्मेवारी पाउने अधिकांश सहसचिव भर्खरै बढुवा भएकाहरू हुन् ।


प्रतिकृया दिनुहोस्